Mero Chitwan
पत्रकार पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतद्वारा निरन्तरता

काठमाडौँ — पत्रकार दिलभूषण पाठकविरुद्ध जारी अल्पकालीन अन्तरिम आदेशलाई पाटन उच्च अदालतले निरन्तरता दिएको छ । न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको बिहीबारको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।

उच्च अदालतले जारी गरेको आदेशमा भनिएको छ,'सम्प्रेषित गरिएको सामग्रीबाट कसुर भएको भनी परेको जाहेरीको आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था स्थापित भएको नदेखिँदा प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्म पक्राउ नगर्नु/नगराउनु' ।

सोमबार उच्च अदालत पाटनका न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त आदेशमा भनिएको थियो, 'पाठकको निषेधाज्ञा निवेदनमाथि अल्पकालीन अन्तरिम आदेश जारी भएको छ ।'

प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि पत्रकार पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका थिए । जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।

१-1750352034.jpg

२-1750352034.jpg

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  २२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update