Mero Chitwan
मितेरी सहकारी ठगीमा ज्योतिबहादुर भण्डारीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । मितेरी सहकारीको रकम हिनामिनाको आरोपमा कम्बोडियाबाट पक्राउ गरेर ल्याइएका ज्योतिबहादुर भण्डारीलाई ललितपुर जिल्ला अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ललितपुरस्थित मितेरी सहकारीको रकम ठगीको आरोपमा पक्राउ परेका भण्डारीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको हो । 

भण्डारीले तत्कालीन अवस्थामा सहकारीमै कार्यरत नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङसँग मिलेर ठगी गरेको आरोप लागेको छ । 

ज्योति गुरुङले बढी पैसा आउने लोभमा सहकारीको रकम भण्डारीलाई दिएको र उक्त रकम पार्सलबाट पठाउने भन्दै थप ३ करोड ४४ लाख ठगी गरेको प्रहरीले जनाएको छ । 

भण्डारीले कास्की र बर्दियाबाट दुई वटा नागरिकता र राहदानी लिएको पनि खुलेको छ । भण्डारीमार्फत् धनराज गुरुङको संलग्नताबारे पनि अनुसन्धान हुने छ ।

प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  २२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update