सांसद दीपक मनाङे पदमुक्त

चितवन- गण्डकी प्रदेशसका सांसद दीपक मनाङे (राजीव गुरुङ) पदमुक्त भएका छन्।
सर्वोच्च अदालतको संवैधानिक इजलासले फौजदारी अभियोगमा दोषी ठहर भई अन्तिम फैसला भइसकेको भन्दै उनलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय गरेको हो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मंगलबार मनाङेको पद बदर गरिएको निर्णय सुनाएको हो।
प्रकाशित मिति: बुधबार, असार ४, २०८२ २२:२८
प्रतिक्रिया दिनुहोस्