गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन । राप्ती नदीमा माछा मार्न गएका बेला गैँडाले आक्रमण गर्दा एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ मेघौली सेराइ होटल पछाडी रहेको राप्ती खोलामा आइतबार राति करिब ८ बजे माछा मार्न गएका स्थानीय ६० वर्षका जंगे कुमाललाई गैँडाले आक्रमण गरेको हो ।
ईलाका प्रहरी कार्यालय दिब्यनगरका प्रहरी नायब निरीक्षक विनोद अधिकारीका अनुसार गैँडाको आक्रमणबाट घाइते भएका कुमालको उपचारका क्रममा भरतपुर अस्पतालमा राति ९ बजे मृत्यु भएको हो ।
गैँडाको आक्रमणबाट कुमालको घुडा र अनुहारमा गम्भीर चोट लागेको थियो
प्रकाशित मिति: सोमबार, असार २, २०८२ ०९:२९
प्रतिक्रिया दिनुहोस्