Mero Chitwan
२ बजेसम्म एमालेलाई र त्यसपछि राजावादीलाई प्रदर्शनको अनुमति

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबारको प्रदर्शनका दुई आयोजकलाई छुट्टाछुट्टै समय उपलब्ध गराएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहीबार बसेको बैठकले दिउँसो २ बजेसम्म कार्यक्रम आयोजना गर्न एमालेलाई तथा त्यसपछि राजावादीहरूलाई प्रदर्शनका लागि समय दिने निर्णय गरेको हो ।

१५ जेठको दिन एमालेले गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउँदैछ भने राजावादीहरूले राजतन्त्र पुनर्स्थापना, संघीयता खारेज, हिन्दूराज्य पुनर्स्थापनालगायतका माग राखेर प्रदर्शन गर्न लागेका छन् ।

दुवैले भृकुटीमण्डप, सहिदगेट, रत्नपार्कलाई मध्यनजर गरेर कार्यक्रम आयोजना गरेका छन् ।

प्रशासनले समय निर्धारणका लागि एमाले र राप्रपाका नेताहरूसँग पनि छलफल गरेको थियो । जिल्ला प्रशासन कार्यालयले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग सम्पर्क गरी समय निर्धारणबारे छलफल गरेको थियो ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update