बुटवलमा आमासहित २ बच्चाको विभत्स हत्या

बुटवल: बुटवलमा एक महिलासहित दुई बच्चाको विभत्स हत्या भएको छ ।
बुटवल उपमहानगरपालिका–११ होराइजनचोक नजिक मिलिजुली पथमा अन्दाजी २७ वर्षीया दिपा बस्याल, उनका दुई छोरीहरु ७ वर्षीया स्नेहा बस्याल र ४ वर्षीया नानी बस्यालको हत्या भएको हो।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले अन्दाजी ३०/३२ वर्षका सुजन कोइरालालाई नियन्त्रणमा लिएको छ । धारिलो हतीया र हतौडा प्रयोग गरेर हत्या गरिएको भेटिएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १०:२३
प्रतिक्रिया दिनुहोस्