Mero Chitwan
नेपालमा सात जनामा कोरोना पुष्टि, चिकित्सक भन्छन्-कडा छैन आत्तिनु पर्दैन

काठमाडौँ- नेपालमा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा. चन्द्रभाल  झाले नियमित परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको जनाएका हुन् । एकजना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सात जनामा कोरोना पुष्टि भएको हो ।

कोरोना सङ्क्रमितको स्वास्थ्य सामान्य रहेको जनाइएको छ । उनीहरु निको भएर घर फर्किसकेका छन् ।  विश्व स्वास्थ्य संगठनले विभिन्न देशमा देखिएको कोरोना कडा नभएकाले नआत्तिन आग्रह गरेको छ। नेपाललगायत अन्य देशमा देखिएको कोरोना सामान्य रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिएका छन् । 

तर ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, दीर्घ रोगीलाई कोरोना सङ्क्रमण भएमा गम्भीर लक्षण देखिन सक्ने भन्दै सचेत रहन डा. पुनले आग्रह गरेका छन् । कोरोना फैलन नदिन भीडभाडमा जाँदा पहिलेको जस्तै जनस्वास्थ्यका मापदण्ड अपनाउन उनले आग्रह गरेका छन् । 

नेपालमा थप कोरोना संक्रमित फैलन नदिन सीमा नाकामा हेल्थ डेस्क राखिएको र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिएको सरकारले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  २२:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update