Mero Chitwan
मकवानपुरको थाहा नगरपालिकामा बसको ठक्करबाट २ पैदलयात्रीको मृत्यु, ४ घाइते

चितवन-त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका  ३ विद्युत प्राधिकरणस्थित सडकखण्डमा  बसको ठक्करबाट दुईजना पैदलयात्रुको मृत्यु भएको छ । घटनामा चार पैदलयात्रु घाइते भएका छन् ।

त्रिभुवन राजपथ सडकखण्डमा गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नं. बस ब्रेक फेल भई सडकमा हिँडिरहेकाहरुलाई ठक्कर दिई थाहा नगरपालिका उपप्रमुख भरत गोपालीको घरभित्र  पसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बसको ठक्करबाट कृष्ण बलामी र लोकेन्द्रकुमार ठाकुरको मृत्यु भएको हो ।  यस्तै, घाइतेहरुको काठमाडौँ र प्राथमिक स्वास्थ्य केन्द्र पालुङ मकवानपुरमा उपचार भइरहेको छ ।

बस चालक थाहा नगरपालिका ५ वसन्तका वर्ष २९ का राजेश कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  २३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update