Mero Chitwan
नेविसंघद्वारा त्रिवि शिक्षाध्यक्षकाे कार्यकक्षमा तोडफोड

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) कार्यकर्ताले त्रिभुवन विश्वविद्यालय (त्रिवि)का प्रा.डा.खड्का केसीकाे कार्यकक्षमा तोडफोड गरेका छन् । त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै आएका विद्यार्थीहरूले तोडफोड गरेका हुन् ।

केन्द्रीय विभाग बनेपछि पनि शुल्क नघटाएको भन्दै विद्यार्थीहरूले रेक्टर कार्यालयमा तोडफोड गरेका हुन् । त्रिवि सङ्घर्ष समितिको नाममा शुल्क घटाउन माग गर्दै तालाबन्दी गरिएको थियो । तर, रेक्टरले समन्वय नै नगरी ताला तोड्न लगाएपछि तोडफोड गरिएको विद्यार्थीहरूले जनाएका छन् ।

tu-todfod-1741349227.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update