मेरो चितवन
अमेरिकाबाट डिपोर्ट गरिएका ८ नेपाली काठमाडौं आइपुगे

काठमाडौं ।अमेरिकाबाट उडेको एक विशेष चार्टर जहाज बुधबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।

विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार सो जहाजमार्फत सात पुरुष र  एक महिला गरी ८ नेपाली फर्किएका हुन् ।  यो जहाजमा अवैध रूपमा अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरू रहेको बताइएको छ।

ट्रम्प प्रशासनले गैरकानुनी रूपमा अमेरिका बसोबास गर्दै आएकाहरू विभिन्न देशका मानिसहरूलाई निस्कासन गर्दै आएको छ। ट्रम्पको कार्यकारी आदेशपछि यसअघि नै २७ नेपालीलाई अमेरिकाबाट निकाला गरिसकिएको छ ।

अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका नेपाली नागरिकहरूलाई फिर्ता पठाउने निर्णय हालको अमेरिकी नीतिअनुसार गरिएको बताइएको छ। डोनाल्ड ट्रम्प प्रशासनकालदेखि नै अमेरिकाले अवैध आप्रवासीहरूको पहिचान गरी विभिन्न देशहरूमा उनीहरूलाई फिर्ता पठाउने नीति लागू गरिरहेको छ। हाल अमेरिकी आप्रवासन नीति अन्तर्गत यस प्रक्रियालाई निरन्तरता दिइरहेको देखिन्छ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१