नारायणीमा हाम फालेका वृद्धको सशस्त्र प्रहरीले गर्यो उद्धार

चितवन-चितवनको भरतपुर महानगरपालिका-३ पुलचोक स्थित नारायणी नदीको पुलबाट हामफालेका एक व्यक्ति सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
भरतपुर महानगर-२ आँपटारी बस्ने ७९ वर्षीय खिला शर्मा अधिकारी शुक्रबार पुलबाट नारायणी नदीमा हामफालेका थिए ।
चितवनस्थित १७ नम्बर गणबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आईआरटी) ले उनको सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उद्धार गरिएका अधिकारीलाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१ १८:२२
प्रतिक्रिया दिनुहोस्