Mero Chitwan
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलमा भने घट्यो

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा एक रुपैयाँले वृद्धि गरेको हो । 

यस्तै  डिजेल तथा मट्टितेलको मूल्य भने घटाइएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । 

nepal-oil-1739638317.jpg
 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  २२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update