मेरो चितवन
कक्षा १२ को परीक्षा आगामी वैशाख ११ देखि

भक्तपुर- यस वर्षको कक्षा १२ को वार्षिक परीक्षा २०८२ वैशाख ११ गतेदेखि सुरु हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।

बोर्डका अनुसार परीक्षा देशभर एकैसाथ सञ्चालन हुनेछ। वैशाख २२ गतेसम्म चल्ने परीक्षा बिहान ८ बजेबाट सुरु हुनेछ। परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई परीक्षामा सहभागी हुन नदिइने बोर्डले जनाएको छ।

पूर्ण विवरणका लागि यो लिंकमा जानुहोला

 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१