
दाङ–पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुबाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ।भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति साढे १० बजेतिर राप्ती नदीमा खसेको हो ।
५ जनाको उपचारका क्रममा मृत्यु भएको हो भने ७ जनाको शव जेसिविको सहायताले बसबाट बाहिर निकालिएको थियो ।
मृतकमध्ये ८ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा मकवानपुरको हेटौँडाका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौँको चन्द्रागिरि नगरपालिका–५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका २० वर्षीय रामबहादुर हरिजन, रुकुमका २५ वर्षीय दीपक कामी, भारत विहारका ६७ वर्षीय देवेन्द्र राय तथा बाँकेको नेपालगञ्जकी ६० वर्षीया कुसुम बस्नेत रहेको प्रहरीले जनाएको छ ।
शवलाई लमहीस्थित अस्पतालमा राखिएको छ । दुर्घटनामा परी घाइते भएकामध्ये आठ जनाको बाँकेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।