भरतपुरमा पुस २७ गते दोस्रो कौराहा प्रतियोगिता
भरतपुर : नेपाल मगर सांस्कृतिक संघ चितवनले दोस्रो कौराहा (कानराहा) प्रतियोगिता गर्ने भएको छ।
मगर जातिको सांस्कृतिक पर्व माघे सङ्क्रान्तिको अवसर पारेर यही पुस २७ गते प्रतियोगिता आयोजना गर्न लागेको बुधबार नारायणघाटमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
प्रतियोगिता विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको हलमा हुने छ । प्रतियोगितामा १० भन्दा बढी समूहको सहभागिता रहने आयोजकको अपेक्षा छ ।
प्रतियोगितामा सहभागि हुन चाहने समूहका लागि दर्ता शुल्क पाँच हजार तोकिएको छ भने प्रतियोगितामा प्रथम हुने समूहलाई ३५ हजार, द्धितीय हुनेलाई २० हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार पुरस्कार प्रदान गरिने प्रेस विज्ञप्तिमा जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१