Mero Chitwan
वीरमा जनताले गुणस्तरीय सेवा पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले वीर अस्पतालमा कुनै  बिरामीले गुनासो नगर्ने  गरी काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’सँग चिकित्साविज्ञान राष्ट्रिय प्रतिस्ठान(न्याम्स)का पदाधिकारीको छलफलमा उन्ले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवामा गुणस्तरीय र सुलभ हुनुपर्ने बताएका छन् ।
वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनुभएन ।”

वीर अस्पतालले परम्परागत तवरले भन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा उन्ले जोड दिएका छन् ।

कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाए ।

छलफलमा न्याम्सका उपकुलपति डा। भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउदै वीर अस्पताललाई आवश्यक स्रोतसाअस्पताधन उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गरेका  थिए ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update