Mero Chitwan
पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन चितवनमा सुरु

काठमाडौं : नेपाल पशुपन्छी औषधि व्यवसायी संघको १४ औँ राष्ट्रिय महाधिवेशन तथा ३३ औ वार्षिक साधारण सभा चितवनमा सुरु भएको छ । 
महाधिवेशनको मंगलबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। 

महाधिवेशनले नयाँ कार्यससमितिसमेत चयन गर्नेछ । संघको अध्यक्षमा रितेश रिमाल र धनकुमारी अधिकारी पाण्डेले उम्मेदवारी दिने तयारी गरेका छ्न् भने महासचिवमा सादुराम ढकाल र हुमाकान्त काफ्लेबीच प्रतिस्पर्धा हुने भएको छ। संघका ४ सय ८० मतदाता छन्।

उम्मेदवारहरुले पशुसेवा विभाग र औषधि व्यवस्था विभागको खिचातानीमा ब्यवसायी पर्ने गरेकाले त्यसको समाधान गर्ने, विभिन्न प्रकारका रोगबाट पशुमा हुने क्षति कम गर्ने, बीमा नीतिलाई किसानमुखी बनाउन राज्यलाई दबाब दिनेलगायतका एजेन्डा अघि सारेका छन्। 

प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update