Mero Chitwan
बरहथवा घटना : के–के छन्  प्रशासन र प्रदर्शनकारीबीच सहमति भएका ११ बुँदामा ?

सर्लाही-सर्लाहीको बरहथवा घटनामा स्थानीय प्रशासन र प्रदर्शनकारीबीच एघार बुँदे सहमति भएको छ ।

बरहथवास्थित नगर अस्पताल मधेश सरकारलाई हस्तान्तरण गरी ५० शय्याको बनाउने गरी प्रक्रिया अघि बढाउने, सो अस्पतालको नाम प्रहरीको गोली लागेर मृत्यु भएका जयशंकर साहको नामबाट नामकरण गर्ने, मृतकको परिवारलाई रोजगारी प्रदान गर्नेलगायत विषयमा सहमति भएको हो ।

सहमतीसँगै गएको शुक्रबार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका बरहथवा नगरपालिका ६ का ३० वर्षीय जयशंकर साहको शव आजै घटनास्थलबाट उठ्ने भएको छ । मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंह, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला, प्रदेश तथा जिल्लाका सुरक्षा अधिकारी, राजनीतिक दलका प्रमुख, आन्दोलित दलका नेता र पीडित पक्षबीच सहमति भएको हो ।

सहमतिलाई लिखित गरेर हस्ताक्षर गर्नेक्रम काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । छलफलमा सहभागी प्रदेश सभा सदस्य कौशलकिशोर रायले मृतकको शव आजै उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउनेसहितका सहमति भएको बताए। 

 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  १९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update