विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट गएराति १ बजे काठमाडौं आएकी ५४ वर्षीया श्रीलंकाकी कान्थी माथी कावस्कर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख (प्रहरी नायब महानिरीक्षक) अर्जुन चन्दले जानकारी दिए ।
उनका अनुसार राहदानी नम्बर ८१५१३८५ भएकी कावस्करले लगाएको ब्राभित्र प्लास्टिकले बेरेको अर्धठोस सुन दुई पोका तौल पाँच सय ग्राम तथा लगाएको कट्टुभित्र आठ सय ग्राम सुन गरी कुल एक किलो तीन सय ग्राम बरामद गरिएको हो ।
यो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २२, २०८० १४:२६
प्रतिक्रिया दिनुहोस्