Mero Chitwan
सर्लाही घटना : ज्यान गुमाएकाका परिवारलाई  १० लाख रुपैयाँ दिने  सरकारको निर्णय

काटमाडौं  : सर्लाहीको बरहथवामा हिजो भएको घटनाको सम्बन्धमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।

नगर अस्पतालको विषयलाई लिएर हिजो दुई पक्षबीच झडप हुँदा गोली लागेर एकजनाको मृत्यु भएको थियो । उक्त घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी ७ दिनभित्र प्रतिवेदन पेस गर्न समिति गठन गरिएको हो ।

छानबिन समितिमा गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुरेन्द्र मैनाली र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीमबहादुर बुढाथोकी रहेको छन् ।

यस्तै सो घटनामा ज्यान गुमाएकाका परिवारलाई राहत स्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने पनि सरकारले निर्णय गरेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update