काठमाडौंको सानोभर्याङस्थित काष्ठ उद्योगमा भिषण आगलागी
                        
                        
                                                
                                            काठमाडौँ- काठमाडौँ महानगरपालिका १५ सानोभर्याङस्थित एक काष्ठ उद्योगमा आगलागी भएको छ ।
मंगलबार राति ९ बजेको समयमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको ईचङ्गुनारायण काष्ठ उद्योगमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
३ वटा दमकल (बौद्ध, बालाजु, जनसेवा) सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने कार्य भइरहेको पनि उनले बताए । गलागीको कारण खुलेको छैन ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  २२:३८
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

 
                                                 
                                                 
                                                 
                     
                    
 
                     
                     
                     
                    