Mero Chitwan
रुसमा थप तीन नेपाली मारिए

काठमाडौं : रुस–युक्रेन जारी युद्धमा थप तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुने तीनैजना रुसी सेनामा भर्ना भएका नेपाली हुन् ।

मृत्यु हुने थप तीन नेपालीमा स्याङ्जाका हरि अर्याल, कैलालीका भरत शाह र धादिङका राजकुमार गिरी रहेका रुसको मस्कोस्थित नेपाली दूतावास स्रोतले बताएको छ । रुसी रक्षा मन्त्रालयले अर्याल, शाह र गिरीको मृत्यु भएको जानकारी नेपाली दूतावासलाई दिएको स्रोतले बतायो ।

रुसी सेनामा भर्ती भई रुस–युक्रेन युद्धमा यसअघि सात नेपालीको मृत्यु भइसकेको छ । थप तीनजनाको मृत्य भएसँगै रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या १० पुगेको छ 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update