Mero Chitwan
चितवनको खोलेसिमलमा हतियारधारी समूहद्वारा सुनचाँदी पसल लुटपाट

भरतपुर-चितवनको कालिका नगरपालिका ६ स्थित खोलेसिमल बजारमा रहेको सुनचाँदी पसलमा लुटपाट भएको छ ।

शनिवार साँझ ८ः४० बजे हतियारधारी समूहले बिनोद सुनारले संचालन गरेको बिनोद सुनचाँदी पसलमा लुटपाट गरेको हो । लुटेरा समूहले सिसिटिभी रेकर्ड हुने डिभाइससमेत चोरेर लगेको प्रहरीले जनाएको छ ।

पसलबाट ३५ केजी चाँदी, ३ केजी सुन र नगद २ लाख रुपैंया चोरी भएको प्रहरीले जनाएको छ । चोरी भएको भनिएको मध्येको ७७६.८१ ग्राम सुन भने पसलमै फेला परेको प्रहरीको भनाइ छ ।

हरेक महिनाको १ गते खोलेसिमल बजार बन्द हुने गरे पनि शनिबार भने पसल खुलै थियो । पसल लुटपाट गर्ने समयमा संचालक नरहेको र कामदारमात्र रहेको जनाइएको छ ।

चोरीमा संलग्नको खोजी भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update