Mero Chitwan
बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ,  अन्त्येष्टि गरेको ३ दिनपछि शव उत्खनन

खोटाङ —बाबुको हत्या गरी अन्त्येष्टि गरेको आरोपमा खोटाङका ४२ वर्षीय टिकाराम राई पक्राउ परेका छन् ।

सामान्य विवादमा कुटपिट गर्दा ७१ वर्षीय बाबु कृष्णकुमार राईको मृत्युको र अन्त्येष्टि समेत गरिसकेको भन्ने उजुरीपछि राईलाई पक्राउ गरिएको हो । राईलाई बिहीबार पक्राउ गरी शुक्रबार तीन दिनको म्याद थप गरी अनुसन्धान बढाएको छ ।

गत जेठ ७ गते विहान करिब दश बजेतिर बाबुको सुतिरहेकै अवस्थामा मृत फेला परेको भन्दै टिकारामले गाउँलेलाई खबर गरी अन्त्येष्टि गरेको तर तीन दिनपछि बिहीबार विहान ६ बजे प्रहरी सञ्चारमा शंकास्पद मृत्युको जानकारी गराएपछि डिएसपी खड्काको नेतृत्वमा गएको प्रहरीले अनुसन्धान गर्नुका साथै शव उत्खनन् गरी पोष्टमार्टमका लागि दिक्तेल अस्पतालमा ल्याएको हो ।

बाबुको मृत्यु बारे आफूलाई समेत राम्ररी खबर नगरेको र टिकारामको कुटपिटकै कारण बाबुको मृत्यु भएको भन्दै भाइ नवीनकुमार राईले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २१:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update