Mero Chitwan
क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं-जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई शुक्रबार दोषी ठहर गरेको हो । 

लामिछानेको सजाय निर्धारण भने पुस २५ गते तोकिनेछ । अदालते लामिछानेले बलात्कार गरेको ठहर गर्दै पीडित भने नाबालिका नरहेकाे जनाएको छ । पीडितको जन्म २०६१ असार १८ गते भएको देखिएको अदालतले जनाएकोछ । 

तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध गौशाला-२६ ले जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दिएकी थिइन् । आफूलाई लामिछानेले भदौ ५ गते तिलगंगाको एक होटेलमा बलात्कार गरेको भन्दै पीडितले दिएको जाहेरी प्रहरीले भदौ २२ गते दर्ता गरेर अनुसन्धान अघि बढाएको थियो ।

भदौ २३ मा काठमाडौ जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएपछि लामिछाने विदेशमा रहेका लामिछाने करिब एक महिना उतै बसेर फर्किने क्रममा असोज २० गते त्रिभुवन विमानस्थलबाटै पक्राउ परेका थिए ।

कात्तिक १४ मा प्रहरीले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दा जिल्ला अदालतले लामिछानेलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि लामिछाने कारागार चलान भएका थिए । तर उच्च अदालत पाटनले उनलाई पुस २८ मा २० लाख धरौटीमा छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए । थुनामुक्त भएपछि उनले नेपाली टोलीको तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगिताहरु पनि खेले । उक्त मुद्दाको सुनुवाइ पटकपटक जिल्ला अदालतमा हेर्दाहेर्दै कै सूचीमा परेर लम्बिँदै आएको थियो ।

 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update