Mero Chitwan
कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ यात्रु घाइते [नामसहित]

काठमाडौं-चितवनको कुरिनटारमा ट्रकले माइक्रो बसलाई ठक्कर दिँदा १३ यात्रु घाइते भएका छन् । कुरिनटारबाट मुग्लिन जाँदै गरेको माइक्रोलाई आज बिहान ट्रकले ठक्कर दिएको हो ।

गम्भीर घाइतेलाई चितवनको पुरानो मेडिकल कलेजमा र सामान्य घाइतेहरुलाई कुरिनटारकै सहकारी अस्पतालमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । 

ट्रक चालकलाई मुग्लिन प्रहरीले नियन्त्रणमा लिएको छ । 

चितवन प्रहरीका अनुसार घाइतेहरुको नामावली

१. माईक्रो चालक हाल नाम थर वतन नखुलेको बर्ष अं.३२।३३ प्रमेश्वर प्रसाद महत्तो  गम्भीर ।
२. माईक्रोमा सवार जि.चितवन भ.न.पा.११ बस्ने बर्ष ५७ को थमबहादुर. लामाको  टाउको चोट मध्यम 
३. माईक्रोमा सवार ऐ.ऐ.बस्ने ५४ की मन माया लामाको पेटमा भित्रि चोट मध्यम ।
४. माईक्रोमा सवार ऐ.ऐ.बस्ने बर्ष ५१ की पेमा शेर्पाको निधारमा चोट मध्यम ।
५. माईक्रोमा सवार ऐ.ऐ.बस्ने बर्ष ५४ की कबिता शेर्पाको पेटमा भित्रि चोट अबस्था मध्यम  ।
६. माईक्रोमा सवार ऐ. १२ बस्ने बर्ष ४८ को हरी प्रसाद अधिकारीको  चोट खुट्टा र ढाडमा चोट मध्यम ।
७. माईक्रोमा सवार ऐ.१५ बस्ने बर्ष ४८ की निरा शर्माको ढाड,हात कुम्मा चोट सामान्य  । (आफन्त काठमाण्डौ भएकोले एम्बुलेन्समा काठमाण्डौ गएको)
८. माईक्रोमा सवार भरतपुर म.न.पा.७ बस्ने बर्ष २१ को सदिप ढकाल गम्भिर ।
९. माईक्रोमा सवार भरतपुर म.न.पा.४ बस्ने बर्ष २८ की प्रिन्सा मालाकार मध्यम ।
१०.माईक्रोमा सावर ऐ.४ बस्ने बर्ष १८ की प्रेरणा मालाकार मध्यम । 
११. माईक्रोमा सवार ऐ.११ बस्ने बर्ष ५४ की एम माया शेर्पा मध्यम ।
१२. माईक्रोमा सवार ऐ.४ बस्ने बर्ष २० की सोनिया सापकोटा मध्यम ।
१३. माईक्रोमा सवार ऐ.२० बस्ने बर्ष २५ को छवि लामिछाने मध्यम ।

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्
Weather Update