राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित
                        
                        
                                                
                                            
                                                                    काठमाडौँ : प्रमुख प्रतिपक्ष कांग्रेसले संसद्को कारबाही अगाडि बढ्न नदिने भएपछि राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । सहकारीको रकम ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने माग राख्दै कांग्रेसले संसद् अवरुद्ध गरिरहेको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले राष्ट्रिय सभाको आइतबारका लागि बोलाइएको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
राष्ट्रिय सभाको बैठक आइतबार १:१५ बजे बस्नेगरी तोकिएको थियो । उक्त बैठक बस्न नसकेपछि ३:१५ बजे बस्ने गरी निर्धारण सारिएको थियो । सो बैठक पनि बस्न नसक्ने भएपछि राष्ट्रिय सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १६:०६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
