गौशालामा सडक क्षेत्र मिचेर बनाएका संरचनामा चल्यो महानगरको डोजर
                        
                        
                                                
                                            
                                                                    काठमाडौं : काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र मिचेर बनाएका घर टहरा भत्काएको छ ।
आइतबार महानगरपालिकाले मापदण्ड विपरीत जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा डोजर लगाएर भत्काएको हो।
गौशाला चोक आसपासमा सडक किनार अतिक्रमण गरी बनाइएका घर टहरा र सटर भत्काएको महानगरपालिकाले बताएको छ।
महानगरपालिकाले शुक्रबार मात्रै भत्केको पुल आसपासका अवैध संरचना भत्काएको थियो । महानगरपालिकाले मापदण्ड विपरीत बनाएका महानगरपालिका भित्रका संरचना भत्काउँदै आएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  १५:४६
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
