Mero Chitwan
भरतपुर सेन्ट्रल हस्पिटलमा शंकरपथ एयरपोर्ट टोलका बासिन्दालाई ४० प्रतिशतसम्म छुट

चितवनः भरतपुर सेन्ट्रल हस्पिटलले भरतपुर  महानगरपालिका १० स्थित शंकरपथ एयरपोर्ट टोलका  बासिन्दालाई  उपचारमा ४० प्रतिशतसम्म छुट दिने भएको छ।

अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत टोलका बासिन्दालाई विभिन्न छुट दिनेसम्बन्धी ५ बुँदे सम्झौता गरेको हो ।

सम्झौताअनुसार टोलबासीहरुले अस्पतालमा ओपीडी टिकट, अप्रेशन, ल्याब परीक्षण, बेड, फिजियोथेरापी तथा डेन्टलमा ४० प्रतिशत छुट पाउने भएका छन् । यस्तै, औषधिमा ७ प्रतिशत छुट हुनेछ । छुट लिन आउँदा टोल विकास ंसंस्थाको सिफारिस या छुट कार्ड आवश्यक रहेको सम्झौतामा उल्लेख छ । शंकरपथ एयरपोर्ट टोल विकास संस्थाका अध्यक्ष अम्बिकाप्रसाद भण्डारी विशेष पहलमा ५ बुँदे सहमतिपत्रसहित सम्झौता गरिएको थियो । उक्त अस्पताल सोही टोलमा पर्छ ।

सम्झौतामा अस्पतालका अध्यक्ष अमृतकुमार राजभण्डारी श्रेष्ठ र टोल विकास संस्थाका अध्यक्ष अम्बिका प्रसाद भण्डारीले हस्ताक्षर गरेका छन्  । 
bharatpu-central1-1716052278.jpeg

प्रकाशित मिति: शनिबार, जेठ ५, २०८१  २२:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update