Mero Chitwan
गजुरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक घाइते

धादिङ : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका १, गजुरी बजारमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् ।

मलेखुबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३-००६-प-२५८७ नम्बरको मोटरसाइकल र काठमाडौंबाट मलेखुका लागि छुटेको ना.६ख २९२ नम्बरको ट्रक धादिङको गजुरी बजारमा ठोक्किँदा मोटरसाइकल चालक धादिङ सिद्धलेक ६ का अन्दाजी १९ वर्षीय सनी घलेको मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि बसेका गजुरी १, सुन्दरगाउँका अन्दाजी २५ वर्षीय सुविन नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

घाइते नेपालीलाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update