अन्नपूर्ण क्षेत्रमा भेटियो नयाँ प्रजातिको चरा
                        
                        
                                                
                                            
                                                                    काठमाडौं - राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गर्दै आएको अन्नपूर्ण संरक्षण क्षेत्रमा नेपालका लागि नयाँ प्रजातिको चरा फेला परेको छ ।
संरक्षण क्षेत्रभित्र पर्ने उपल्लो मुस्ताङको लोमान्थाङबाट नेपालका लागि नयाँ प्रजातिको चरा फुस्रो सारौं अभिलेख भएको छ । 
व्हाइट चीक्ड स्टारलिङ  नाम रहेको यो चराको वैज्ञानिक नाम Spodiopsar Cineraceus हो। Passeriformes वर्गको sturnidae परिवारमा पर्ने यो चरा उत्तर र पूर्वी एसियाका चीन, जापान, मंगोलिया, उत्तर कोरिया, रूस,दक्षिण कोरिया,ताइवानमा पाइन्छ । 
भेटिएको चराको अभिलेख सम्बन्धमा नेपाल पन्छीविद् संघले पुष्टि गर्दै नेपालमा चरा प्रजातिको संख्या ८९५ पुगेको छ । यो चरा चराविद् शंकर तिवारीले लोमान्थाङको ३८४० मिटर उचाइमा फेला पारेको पन्छीविद् संघले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १२:४९
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
