Mero Chitwan
ओस्कारविजेता दक्षिण कोरियाली अभिनेता मृत भेटिए


काठमाडौं–ओस्कारविजेता चलचित्र ‘प्यारासाइट’ का दक्षिण कोरियाली अभिनेता ली सन क्युन मृत भेटिएका छन् ।

४८ वर्षीय ली मध्य सिओलको वारयोङ पार्कमा कारमा मृत भेटिएका थिए । प्रहरीले उनको सम्भावित आत्महत्याबारे अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरीले उनी लागूपदार्थको दुव्र्यसनमा रहेको जनाएको छ ।तर, उनका वकिलहरुले उनलाई झुक्याएर लागू पदार्थ दिइने गरिएको दाबी गरेका छन् । 

उनले सन् २०२२ मा सार्वजनिक भएको  साइन्स फिक्सन सिरिज ‘डाक्टर ब्रेन’ मा पनि अभिनय गरेका थिए, जसका लागि इन्टरनेशनल एम्मी अवार्ड्समा उत्कृष्ट अभिनेताको नोमिनेसनमा पनि परेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update