Mero Chitwan
जाडोमा छाला किन सुख्खा हुन्छ ?

काठमाडौं-जाडोमा छाला सुख्खा हुनु सामान्य हो । जाडोमा कम तापक्रम र आर्द्रतामा आउने परिवर्तनले छालालाई असर गर्छ। गर्मीमा पसिना आउँदा छाला हाइड्रेटेड रहन्छ। तर जाडोमा तापक्रम घट्ने भएकाले यस्तो हुँदैन, त्यसैले छाला सुख्खा रहन्छ । 

छाला सुख्खा हुने कारण

१) चिसो दिनमा मानिसहरू प्रायः कोठा न्यानो राख्न विभिन्न प्रकारका उपाय अपनाउँछन्। यसो गर्दा कोठाको आर्द्रता प्रभावित हुन्छ, जसका कारण छालाको आर्द्रतामा कमी आउछ । 

२) चिसो मौसम, तीब्र हावा र वर्षाले छालाको प्राकृतिक मोस्चराइजिङ तेल खोस्छ।

३) जाडोमा प्राय मानिसहरु तातो पानीले नुहाउने  गर्छन्, यसो गर्दा छालाको प्राकृतिक तेल छालाबाट गायब हुन थाल्छ । 

जाडोमा छाला सुख्खा हुनबाट जोगिने उपायहरु

१) जाडोमा छालालाई हाइड्रेटेड राख्नु निकै जरुरी हुन्छ । यसका लागि पर्याप्त मात्रामा पानी पिउनुहोस् र छालालाई मोइस्चराइज गर्नुहोस्।

२) चिसोमा  मनतातो पानीले नुहाउनुहोस् । यसले छालाबाट प्राकृतिक तेल निस्कनबाट रोक्छ र छाला सुख्खा हुँदैन। 

३) चिसोमा बाहिर जाँदा आफ्नो छाला छोप्न नबिर्सनुहोस्। यसबाट छालालाई चिसो हावाबाट जोगाउन सकिन्छ।

४) कडा  साबुन र डिओडोरेन्टहरूले छालालाई हानी पुर्‍याउन सक्छ। त्यसैले यसको प्रयोग नगर्नुहोस्।

 

प्रकाशित मिति: बुधबार, पुस ११, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update