Mero Chitwan
संसदमा बोल्ने अनुमतिका लागि गृहमन्त्रीले लेखे सभामुखलाई पत्र

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्‍मा बोल्ने अनुमति माग गर्दै सभामुख देवराज घिमिरेलाई पत्र लेखेका छन् ।

उनले अघिल्लो अधिवेशनमा आफ्नो मन्त्रालयअन्तर्गतका विषयमा उठेका प्रश्नका विषयमा जवाफ दिन नपाएको भन्दै बोल्ने अनुमतिका लागि सभामुख घिमिरेलाई पत्र लेखेका हुन् । 

'संघीय संसद्को गत अधिवेशनमा मैले सम्हालेको मन्त्रालयसँग सम्बन्धित एवम् मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरूले विभिन्न प्रश्नहरु उठाउनु भएको थियो,'  पत्रमा उल्लेख छ, 'सो सम्बन्धमा मैले संसद्‍मा उपस्थित भै सार्वभौम संसद् मार्फत आम जनतालाई जानकारी गराउन चाहेको थिएँ । तर संसदमा उत्पन्न भएको गतिरोधको कारण संभव भएन।' 

अघिल्लो अधिवेशनमा उपप्रधान तथा गृहमन्त्री सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित कांग्रेसले विरोध जनाएका कारण प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध हुँदै आएको थियो । 

RabiLamichhane-1715073015-1715077182.jpg

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update