Mero Chitwan
खर जोगाउँदा आगोले जलेर आमा छोराको ज्यान गयो

ओखलढुङ्गा : सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि आमा छोराको ज्यान गएको छ । आगलागीमा परि करिब ५५ वर्षीया पुन्यकुमारी धमला र उहाँका १५ वर्षीय छोरा कन्चन धमलाको ज्यान गएको हो ।

सोमबार दिउँसो बाहुनडाँडा कोल पाखामा निजी खरबारीमा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको ज्यान गएको स्थानीय शिक्षक युवराज धमलाले जानकारी दिनुभयो ।

घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पनि पुष्टि गरेको छ । केही दिन अघिदेखि नजिकैको बसाहा हरिबोले सामुदायिक वनमा लागिरहेको आगो अनियन्त्रित भएर गाउँ नजिकैको खर वनमा प्रवेश गरेको थियो ।

अहिले जिल्लाको विभिन्न छ स्थानका सामुदायिक वन जङ्गलमा आगलागी भइहरेको प्रहरी निरीक्षक बालिस्टार सिंहले बताउनुभयो । हालसम्म करिब ८० वटा वनलाई आगलागीले सखाप बनाएको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  २०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update