Mero Chitwan
भरतपुरमा गतसाता भन्दा  प्रदूषण कम हुदै

चितवन : चितवनको भरतपुरमा गतसाता भन्दा  प्रदूषण कम भएको छ । एक साता अघिसम्म भरतपुर उच्च प्रदूषित थियो । सोमबार बिहान ११ बजे भरतपुरको एक्यूआई १३९  मापन गरिएको छ ।

तर काठमाडौं उपत्यकाको वायु अझै ‘अस्वस्थकर छ । वातावरण विभागको सूचकांकमा सोमबार बिहान ११ बजे भैँसेपाटी क्षेत्रको एयर क्वालिटी इन्डेक्स ९एक्यूआई० १८६ मापन गरिएको छ । आइतबार २४ घण्टामा सो क्षेत्रमा औसत एक्यूआई १८६ सम्म पुगेको थियो ।

काठमाडौंपछि राराताल आसपास क्षेत्र बढी प्रदूषित देखिएको छ । सोमबार बिहान सो क्षेत्रको एक्यूआई १६१ पुगेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update