Mero Chitwan
महाराजगन्जको शंखपार्कमा एक जना पुरुषको शव फेला

काठमाडौं : काठमाडौंको महाराजगन्जस्थित शंखपार्कमा एक जनाको शव फेला परेको छ। प्रहरीका अनुसार करिब ३५ वर्षका पुरुषको शव भेटिएको हो।

प्रहरीले शव पहिचान हुने नसकेको र पोस्टमार्टमका लागी त्रिवि शिक्षण अस्पतालमा पठाइने जनाएको छ। यस घटनामा प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update