मेरो चितवन
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं–क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दामा उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ ।  यसअघि यही वैशाख १६ गते न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासले मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेको थियो । 

जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा दोषी ठहर गरेपछि त्यसविरुद्ध लामिछाने उच्च अदालत पाटन पुगेका थिए। उनले जिल्लाको फैसला बदर गर्दै उच्च अदालतबाट सफाइ पाउनुपर्ने माग गरेका छन्। लामिछानेसँगै सरकारी पक्ष पनि उच्च अदालत पुगेको छ। 

सरकारले पनि नाबालिग बलात्कारकै कसुरमा सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन गरेको छ। लामिछानेको मुद्दामा यो सुनुवाइपछि फैसला वा आवश्यक आदेश हुन सक्नेछ। 

जिल्ला अदालत काठमाडौंले एक युवती बलात्कारको आरोपमा सन्दीपलाई ८ वर्ष कैदको फैसला गरेको थियो। जिल्लाले जाहेरीकर्ता भने बालिग रहेको ठहर गरेको थियो। उक्त फैसलापछि उच्च अदालत पुगेका सन्दीपलाई अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्म थुनाबाहिरै रहेर मुद्दा लड्ने सुविधा पाएका थिए। उनले थुना बाहिरै रहेर मुद्दा लडिरहेका छन्। 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१