Mero Chitwan
साेचेअनुसार काम गर्न सकिनँ : प्रधानमन्त्री

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार असफल नभए पनि परिणाम पनि सोचे अनुसारको नआएको स्वीकारेका छन् ।आफ्नो नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनलेआफूले काम गर्न नसकेको बताएका हुन्। 

प्रधानमन्त्री दाहालले ‘के देशमा साँच्चै केही नभएकै हो ?’ भन्ने प्रश्नबाट आफूले सम्बोधन सुरु गर्न चाहेको बताए । ‘के देशमा साँच्चै केही नभएकै हो ? के देश पूर्ण रुपमा सम्भावनाहीन बन्दै गएकै हो त ?’ उनले भने, ‘नकारात्मकता र हीन भावनाले हामी कहाँ सम्भव काम पनि असम्भव बनाइरहेको छ र हामीले आफ्नै छेउको उज्यालोलाई पनि पत्याउन छाडेका छौँ भन्ने तथ्यलाई स्थापित गर्न हाम्रो विद्युतीकरण र यसका सम्भावनालाई उदाहरणका रूपमा प्रस्तुत गर्न चाहन्छु ।’

  उनले समाजमा अहिले हिनताबोध र नकारात्मकताको डढेलो लगाइँदै गरेको आफूले देखेको बताए । ‘सकिँदैन, बन्दैन र हुँदैन भन्ने नकारात्कताले जरैदेखि समाजको सिर्जनात्मकता मरिरहेको छ,’ उनले भने । देशमा सबै नराम्रो मात्र भइरहेको छ भन्ने वातावरण बनाउने प्रयास भइरहेको दाबी पनि दाहालले गरे ।
 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update