Mero Chitwan
 चितवनको पटिहानीमा आफ्नै मकैबारीमा गैँडाको आक्रमणबाट घाईते

चितवन : चितवनको भरतपुर महानगरपालिका २२ पटिहानीमा शुक्रबार गैँडाको आक्रमणबाट एक जना घाईते भएका छन् ।

घाइते हुनेमा भरतपुर महानगरपालिका २२ पटिहानीका ७२ वर्षीय टंकबहादुर पाण्डे रहेका छन् । पाण्डे आफ्नै मकैबारीमा काम गर्ने क्रममा गैँडाले आक्रमण गरि घाईते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

गैँडाको आक्रमणबाट घाईते पाण्डेको शरीरको विभिन्न भागमा चोट लागेको छ । उनलाई उपचारको लागि सरकारी अस्पताल भरतपुर पठाएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update