Mero Chitwan
उपेन्द्र सुब्बाको 'मनसरा' आजदेखि प्रदशर्नमा

काठमाडौं- अन्तरजातीय सम्बन्धको आयाम तथा नि:सन्तान दम्पतीहरुको मनोदशालाई मुख्य विषयवस्तु बनाएको फिल्म ‘मनसरा’  आज शुक्रवारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ । 

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो फिल्मलाई ठूला मल्टिप्लेक्स चेनले उच्च शो दिएका छन् । फिल्मलाई क्यूएफएक्सले देशभर ६९ शो दिएको छ । जसमा काठमाडौँमा २८ र मोफसलमा ४१ शो उपलब्ध गराएका छन् । त्यस्तै वान सिनेमाजले दुई वटा आउटलेटमा १२ शो उपलब्ध गराएको छ ।

शैलेन्द्रध्वज कार्कीले निर्माण गरेको फिल्ममा दयाहाङ राई, प्रवीण खतिवडा, मिरुना मगर र मेनुका प्रधान मुख्य भूमिकामा छन्  । फिल्मका फिल्मका छायांकार पनि कार्की नै हुन् ।

फिल्ममा विष्णकुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सहनिर्माता छन् ।

निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ । फिल्म एप्पल इन्टरटेन्मेन्ट कम्पनीले वितरण गर्दैछ । क्युएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update