Mero Chitwan
गोठाटार हत्याकाण्डका मुख्यअभियुक्त बब्लु पासवान वीरगञ्जमा पक्राउ

काठमाडौँ — काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको डेढ वर्षअघि गोली हानी हत्या गर्ने समूहका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले वीरगन्जबाट पक्राउ गरेको छ । 

पर्साको वीरगञ्जमा प्रहरी चेकको क्रममा उनी पक्राउ परेको प्रहरीले जनाएको छ । तयारी पोसाक र झोला बनाउने फ्याक्ट्रीका सञ्चालक सर्लाहीका लाल मोहम्मद अन्सारीलाई २०७९ असोज २ मा पासवानको समूहले टाउको, छाती र पेटमा गोली हानी हत्या गरेको थियो ।

हत्याका अभियुक्तलाई प्रहरीले खोजी गरिरहेको थियो । पासवान भारत रक्सौलका बासिन्दा हुन् ।

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  ००:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update