Mero Chitwan
देशभरका अशक्त र गरिबले कामपाभित्र निःशुल्क उपचार पाउने

काठमाडौँ-देशभरका अशक्त र गरिब नागरिकले काठमाडौं महानगरपालिकामा नि:शुल्क उपचार पाउने भएका छन् ।   

महानगरले सूचना जारी गर्दै जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकले सिफारिसका आधारमा निःशुल्क उपचार पाउने जनाएको हो । 

लक्षित वर्गका बिरामीले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर महानगर आए बिरामीले निःशुल्क उपचार पाउने बताएको हो । 

महानगरपालिका क्षेत्रभित्रका सबै प्रकारका अस्पतालमा लक्षित वर्गले सिफारिसका आधारमा निःशुल्क उपचार सेवा पाउनेछन् । उपचार उपलब्ध गराउन महानगरपालिकाभित्रका ५२ अस्पतालका तीन सय ७४ श्यया उपलब्ध छन् । सम्पर्कका लागि निःशुल्क टेलिफोन नं ११८० मा फोन गरेर जानकारी लिन कामपाले आग्रह गरेको छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १३:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update