Mero Chitwan
गोरखाको चौधकिलोमा मोटरसाइकल दुर्घटना, श्रीमानको मृत्यु,  घाइते श्रीमतीको उपचार हुँदै

गोरखा-गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

गोरखा सदरमुकामबाट बाह्रकिलोतर्फ जाँदै गरेको ग१३प ९३२५ नंको मोटरसाइकल गोरखा–आँबुखैरेनी सडकखण्डमा पर्ने गोरखा नगरपालिका–११ स्थित चौधकिलोमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकल चालक सिरानचोक गाउँपालिका–७ नयाँसाँघुका ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको हो। मोटरसाइकल अनियन्त्रित भएर सडकबाट झन्डै २० मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते अशोकको गोरखा अस्पतालमा उपचारका क्रममा निधन भएको जनाइएको छ ।  दुर्घटनामा मोटरसाइकल पछाडि बस्ने ३५ वर्षीया सीता गहतराजको घाइते भएको र उनको गोरखा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update