Mero Chitwan
जीबी राईलाई पक्राउ गर्न माग गर्दै चितवनका सहकारी पीडितले बुझाए प्रशासनमा ज्ञापनपत्र

चितवन-चितवनको सहारा सहकारीका बचतकर्ताले फरार सञ्चालक जीबी राईलाई पक्राउको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा शुक्रबार ज्ञापनपत्र बुझाएका छन् ।

सहकारी पीडितले सञ्चालक राईलाई पक्राउ गर्न सरकारले तदारुकता नदेखाएको भन्दै सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मालाई ज्ञापनपत्र बुझाएका हुन् । 

फरार सञ्चालकहरूविरूद्ध पुर्जी जारी भएको लामो समय भए पनि पक्राउ नपर्नुमा कतै यसमा उच्च पदस्थ व्यक्तिहरू त सम्मिलित छैनन्  भन्ने शंका उत्पन्न भएको पीडितहरुको भनाइ छ । 

जीबी राई सञ्चालक रहेको गोरखा मिडिया प्रालिको नाममा चितवन सहाराबाट १२ करोड रूपैयाँ लगेको प्रहरी अनुसन्धानले देखाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  २१:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update