Mero Chitwan
सहकारी समस्या द्रुत समाधान हुनेमा पीडित आशावादी

काठमाडौं- सहकारीपीडितले सहकारीसम्बन्धी समस्या द्रुत प्रकृयाबाट समाधान गर्ने निर्णय छिटो कार्यान्वयन हुनेमा आफूहरु आशावादी रहेको बताएका छन् । 

पीडितहरुको समूह शुक्रबार सिंहदरबार पुगी उपप्रधान एवम् गृहमन्त्री  रवि लामिछानेलाई उक्त आग्रह गरेका हुन् । 

मन्त्री लामिछानेले सहकारीको समस्या जतिसक्दो छिटो समाधान गर्न आवश्यक रहेको भन्दै बिहीबारको मन्त्रिपरिषद् बैठकमा लिखित रुपमै पत्र पेश गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् बैठकले यो समस्या द्रुत प्रकृयाबाट समाधान गर्ने निर्णय गरेको थियो ।

उनीहरुसँगको भेटमा गृहमन्त्री लामिछानेले सहकारीका कारण नागरिकको घरबास उठ्ने अवस्था आएकाले आफुले त्यसलाई टुलुटुलु हेरेर बस्न नसकेको बताए । 

अब सरकारले सहकारी ठगहरुको नाममा रहेको सम्पत्ती र उनीहरुले आफ्ना आफन्तका नाममा बनाएको सम्पत्ति बेचेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्नेगरी सरकारले काम गर्ने उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update