Mero Chitwan
कतारका राजा र प्रधानमन्त्री दाहालबीच आज भेटवार्ता, दुवै देशबीच यी विषयमा हुँदैछन् समझदारी

काठमाडौं-कतारका राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा  दुई देशबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । 

युवा तथा खेलकुदको क्षेत्रका सहयोग र वैज्ञानिक अनुसन्धानसम्बन्धी दुई वटा समझदारी गर्ने तयारी छ । त्यस्तै कला, संस्कृति र शिक्षाका साझेदारीका विषयमा सहमति हुँदै छ । त्यस्तै नेपालको राष्ट्रिय समाचार समिति र कतारको सरकारी संस्थाबीच समन्वय गर्ने विषयमा पनि समझदारी हुँदै छ ।

तर नेपालले महत्त्वका साथ उठाउँदै आएको र बहुप्रतिक्षित मानिएको श्रम सम्झौताको पुनरावलोकन भने नहुने भएको छ ।  नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो । 

यसअघि कतारका अमिर अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच द्विपक्षीय वार्ता हुने भएको छ । वार्ताका क्रममा प्रधानमन्त्री दाहालले नेपालको जलविद्युत्, पूर्वाधार, आधुनिक रंगशाला निर्माण र पर्यटनमा लगानी गर्न कतारी पक्षसँग आग्रह गर्ने तयारी गरेको जनाइएको छ । कतारका अमिर आजै स्वदेश फर्कनेछन् । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update