Mero Chitwan
झापामा बोलेरो र मोटरसाइकल आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

झापा-झापाको शिवसताक्षीमा आज बिहान भएको सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।

बिहान ५ः३० बजे  शिवसताक्षी ८ स्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट खुरुङ्गातर्फ आउँदै गरेको मे३प ५००१ नं को १५० सिसीको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश १–०१–००१ च ९३२९ नं को बोलेरो एक आपसमा ठक्कर खाँदा  दुर्घटना भएको हो । मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले  जनाइएको छ ।

मृतकको परिचय  खुल्न सकेको छैन । बोलेरो चालक मेचीनगर ६ बस्ने ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा लिएको छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  ०७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update