Mero Chitwan
दासढुंगा पुलबाट हामफालेका दुईमध्ये पुरुष बेपत्ता, महिलाको भने उद्धार

भरतपुर : भरतपुर महानगरपालिका–२९ र देवघाट गाउँपालिका–५ जोड्ने दासढुंगा पुलबाट त्रिशुली नदीमा हामफालेका एक पुरुष बेपत्ता भएका छन् । उनीसँगै हामफालेकी एक महिलाको भने उद्धार गरिएको छ ।

सोमवार बिहान ८ बजे रा ५ प ९९४० नम्बरको मोटरसाइकलमा आएका उनीहरु एकसाथ नदीमा हामफालेका थिए । स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेको महिला दाङ शान्तिनगर ७ ठेगाना भएकी बर्ष ३० की सिता चौधरी रहेको खुलेको छ । प्रहरीले उनको साथबाट फेला पारेको नागरिकताको आधारमा पहिचान गरेको हो ।

उनको भरतपुर अस्पतालमा सामान्य उपचारपछि सोमवार बेलुका ५ बजे डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए ।

नदीमा बेपत्ता भएका दाङ तुलसीपुर–६ बस्ने बर्ष ५१ को खगेन्द्र डाँगीको खोजी भइरहेको उनले बताए । बेपत्ता व्यक्तिको खोजीसंगै थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update