Mero Chitwan
मोटरसाइकल दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु

बर्दिबास : वीपी राजमार्गको बर्दीबास–३ स्थित कालापानीको जंगल क्षेत्रमा पर्ने कारेभोगटे पुलनजिक सोमबार अपरान्ह मोटरसाइकल दुर्घटनामा श्रीमान-श्रीमतीको मृत्यु भएको छ । 

दुर्घटनामा सर्लाही ईश्वरपुर–५ का ३५ वर्षीय मोटरसाइकल चालक मनोज चौधरी र पछाडी बसेकी उनकी २४ वर्षीया श्रीमती शिवानी चौधरीको मृत्यु भएको हो ।

बर्दीबासस्थित इलाका प्रहरीका डिएसपी रेवतीरमण पोखरेलकाअनुसार गम्भीर अवस्थाका दुवै दम्पतीलाई उद्धार गरि बर्दीबासस्थित जनसेवा अस्पतालमा लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सिन्धुलीबाट सर्लाहीतर्फ जाँदै गर्दा उनीहरु चढेको  प्र ०२–०४३ प ७१८४ नंको मोटरसाइकल असन्तुलित हुँदा दुर्घटना भएको बर्दीबास प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update